site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारलाई असफल हुने छुट छैन : शेखर कोइराला

सुदूरपश्चिम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस–एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षी काम गर्नुपर्ने बताए ।

“यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढंगले कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन,” नेता कोइरालाले भने ।

उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पारे ।

नेता कोइराला पार्टीका शुभेच्छुक संगठनका कार्यक्रममा सहभागी हुन आज धनगढी पुगेका हुन् । उनलाई नेता कार्यकर्ताले १५ किलो फूलको मालासहित स्वागत गरेका थिए । रासस

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro