site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वामदेव गाैतमको निवासमा माधव नेपाल, एकता प्रक्रिया अघि बढाउने सहमति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल एकताको छलफल गर्न वामदेव गौतम निवास पुगेका छन् । बिहीबार साँझ अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रमेश हमाल, स्थायी कमिटी सदस्य बलराम बास्काेटा गाैतम निवास पुगेका हुन् ।

भेटमा गाैतम संयाेजक रहेकाे पार्टी नेकपा राष्ट्रिय एकता अभियानको तर्फबाट डीबी कार्कीलगायत नेताहरू थिए ।

भेटमा पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा सहमति जुटेकाे एकीकृत समाजवादीका नेता बास्कोटाले जानकारी दिए ।

"एकता प्रक्रिया अघि बढाउने कुरामा दुवै पक्षमा सहमति जुटेकाे छ । आजकाे भेट निकै सकारात्मक भएकाे छ । वामदेव गाैतम पहिले नै हामी सँगै काम गरेकाे नेता हाे । उहाँलाई पार्टीमा आउने कुरामा असहज भन्ने हुँदैन । कतिपय कुरा आएपछि मिलाउन सकिन्छ," बास्काेटाले भने ।

उनका अनुसार, गाैतमकाे पार्टीका नेतालाई जिम्मेवारी दिनेलगायत प्रक्रियाको विषय टुंग्याउन कार्दल बनाउनेबारे पनि छलफल भएकाे छ ।

एकीकृत समाजवादीकाे हालैकाे बैठकले गाैतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेकाे थियाे ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २१:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro