site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेपालले तय गर्‍यो अधिवेशनको कार्यतालिका

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशदेखि जिल्ला र स्थानीय तहसम्मको अधिवेशनका लागि कार्यतालिका तय गरेको छ ।

मंसिर २८ र २९ गते अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीय तहको अधिवेशनको कार्यतालिका तय गरेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार बैठकले सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन आगामी चैत्र मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ ।  सातै प्रदेश समिति र राष्ट्रिय समितिहरूको आगामी २०८२ वैशाख २५ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । पार्टी मातहतका समितिको अधिवेशन पार्टी विधानले व्यवस्थाबमोजिम गरेको हुनुपर्ने भनिएको छ ।

पार्टीसम्बद्ध भ्रातृसंगठनहरूलाई अधिवेशन सम्पन्न गर्न २०८२ वैशाख मसान्तसम्मको समयसीमा तोकिएको उनले बताए ।

 

 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro