site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको बैठकमा आगामी कार्ययोजनाबारे छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा आगामी कार्ययोजनबारे छलफल सुरु भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा आगामी कार्ययोजनाबारे छलफल भएको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले आगामी कार्यदिशाबारे धारणा राखेका थिए । त्यसपछि आजको बैठकमा भानुभक्त जैशी, रामकुमार भट्टराई, सोम पाण्डे, शेरबहादुर कुवँर, विजय पौडेललगायतले धारणा राखेका छन् । 

अर्को बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार, नेताहरूको कार्यविभाजन ऐजेन्डामा रहे पनि आज त्यसमा छलफल भएन ।

गत असारमा भएको दशौँ महाधिवेशनपछि नेताहरूको नयाँ कार्यविभाजन हुन सकेको छैन । नेताहरू महाधिवेशनपूर्वकै जिम्मेवारीमा छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro