site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीको उपनिर्वाचन समीक्षा– दुईदलीय व्यवस्थातिर लैजाने तयारी खण्डित भयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले उपनिर्वाचनले दुईदलीय व्यवस्थातिर लैजाने सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूको सोच खण्डित गरेको निष्कर्ष निकालेको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले उपनिर्वाचनको समीक्षा गर्दै त्यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“कांग्रेस–एमालेले दुईदलीय व्यवस्थातिर लैजाने सोच, तयारी गरेका थिए । चुनावी नतिजाले त्यसलाई खण्डित गरेको छ,” सापकोटाले भने ।

उनले स्थानीय तहको उपनिर्वाचनमा उत्साहपूर्ण नतिजा आएको र सबै नेता, कार्यकर्ता जनतातिर फर्कनुपर्ने देखाएको पनि बताए । 

चुनावी परिणामले सरकारलाई दबाब सिर्जना गरेको र चुनौती खडा गरेको उनको भनाइ छ ।

मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro