site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बैठकबारे दुई घण्टाअगाडि मात्रै म्यासेज आएपछि भाग नै नलिई बाहिरिए सांसद

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा केही दिनदेखि निजामती विधेयकबारे छलफल भइरहेको छ । छलफलमा संशोधनकर्ता सांसदहरूले धारणा राखिरहेका छन् ।

विधेयकमा छलफलका लागि बिहीबार पनि बैठक बोलाइएको छ । अहिले छलफल जारी छ ।

तर, बैठकबारे आफूलाई दुई घण्टाअगाडि मात्र जानकारी गराएपछि नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा बैठकमा भाग नै नलिई बाहिरिएका छन् ।

आजको बैठकको समय मध्याह्न १२:१५ बजेका लागि तोकिएको थियो । तर, आफूलाई आज बिहान १०:३० बजेमात्र जानकारी आएको उनको भनाइ छ ।

"१२:१५ काे बैठकमा सहभागी हुन १०:३० मा म्यासेज आउँछ । तयारीका लागि एकरात त दिनुपर्‍यो नि । हाँसाे ठट्टा गरेर विधेयक पास हुँदैन," उनले भने ।

समितिका सभापति रामहरि खतिवडाले फोनमार्फत ढिला हुने भएकाले मेसेजमार्फत सूचना पठाइएको बताए ।

"हिजाे ५ बजेसम्म बैठकमा थियाैँ । ६२ नम्बरसम्म हिजाे र त्यसअघिकाे बैठकमा बाेलाएका थियौँ । फाेन गर्दा ढिला हुन्छ । ७२ सम्मका लागि सूचना पठाएका हौँ," उनले भने ।

सापकोटा विधेयकमाथि शंशाेधनकाे छलफलमा भाग नलिई निस्केका हुन् । उनी शंशाेधनकर्ता हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro