site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अब बोर्डले चलचित्रको बक्सअफिस कसरी गर्नेछ सार्वजनिक ?

काठमाडौं । चलचित्र विकास बोर्डले बक्सअफिस सिस्टमलाई थप व्यवस्थित र पारदर्शी बनाउने भएको छ । यसका लागि बोर्ड आन्तरिक गृहकार्यमा छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सबै हललाई बक्सअफिसको दायरामा ल्याउन सक्रिय देखिएका छन् ।

बक्सअफिस सिस्टम जडान भए पनि केही सिनेमा हल अझै बक्सअफिस प्रणालीमा आएका छैनन् । बक्सअफिसमा नजोडिएका हललाई पनि समावेश गर्ने तयारीमा बोर्ड जुटेको हो । 

“हामी देशभरका हललाई बक्सअफिसको दायरामा ल्याउने तयारीमा छौँ । यसका लागि बोर्डले काम गरिरहेको छ,” बोर्डका अध्यक्ष डीसीले बाह्रखरीसँग भने, “वैशाख १ गते देशभरका सबै हलमा बक्सअफिस उद्घाटन गर्ने हाम्रो तयारी हो ।” 

अध्यक्ष डीसीले इजाजत नवीकरण नगरी सञ्चालनमा रहेका २१ वटा हलमध्ये केहीमा ताला लगाइएको र केही आफैँ बन्द भएको बताए । “५/६ वटा हलमा हामीले ताला लगायौँ । केहीले आफैँ बन्द गर्नुभयो,” उनले भने, “आफैँ हल बन्द गर्ने सञ्चालकले पुनः नयाँ प्रक्रियामा गएर सञ्चालनमा आउने बताउनुभएको छ । केही हल नवीकरणको प्रक्रियामा छन् ।”

बोर्ड स्रोतका अनुसार, बक्सअफिस बाहिर अहिले करिब ७० वटा स्क्रिन छन् । “बक्सअफिस बाहिर रहेका हलमा बक्सअफिस सिस्टम जडान गर्न बोर्डका अधिकृतहरू काम गरिरहनुभएको छ,” बोर्डका एक सदस्यले भने, “माघ महिनाभरमा सबै हलमा बक्सअफिस जडान गर्ने योजना छ ।”

त्यसपछि केही महिना ट्रायलमा राखेर वैशाख १ गते उद्घाटन गर्ने तयारीमा बोर्ड छ । बोर्डका अध्यक्ष डीसीका अनुसार, वैशाख १ गतेपछि रियल टाइम बक्सअफिस डाटा हेर्न सकिनेछ । यो डाटा पनि सरोकारवालाले मात्रै हेर्न पाउनेछन् । 

रियल टाइम डाटा कुनै पनि 'शो'का लागि बक्सअफिसमा टिकट क्लोज भएको बढीमा आधा घण्टाभित्र बोर्डको सर्वरमा कति मूल्यका कतिवटा टिकट बिक्री भयो भन्ने जानकारी आउँछ ।

स्रोतका अनुसार, बोर्डले हरेक सिनेमा प्रदर्शन भएर हलबाट उत्रिएकै साता बक्सअफिस रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro