site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइने

काठमाडौं । यही मंसिर २४ देखि २७ गतेसम्म आयोजना हुने ‘१२औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपालसहित २३ देशका ५३ चलचित्र छनोट भएका छन् । सोमबारदेखि चल्ने महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी पनि आयोजना गरिने नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष एवं महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए । 

“यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुनेछन्, मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको छौँ,” निर्देशक खत्रीले भने । 

महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा पुरस्कृत चलचित्रहरू ‘अल वी इमाजिन एज लाईट’, ‘द म्यान हु कुडनट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’लगायतको सहभागिताले महोत्सवको रौनकता बढाएको महोत्सव निर्देशक खत्रीले बताए । 

महोत्सवको सुरुआत सोमबार कान्समा पुरस्कृत लघुचलचित्र ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’बाट हुनेछ । उनले महोत्सवअन्तर्गत ‘को–प्रडक्सन, ल्यान्डस्केपः लोकल स्टोरिज फर ग्लोबल अडियन्स’ विषयमा मास्टरक्लास दिइने समेत बताए । 

नेपालसहित पाकिस्तान, बंगलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव आगामी चार दिनसम्म काठमाडौंको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ । 

सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले महोत्सवको आयोजना गर्दै आएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro