site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल र चीनको मित्रता कसैको विरुद्धमा छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको प्रगाढ सम्बन्ध कसैको विरुद्ध नभएको बताएका छन् । चीनको चारदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा के कुराकानी भयो भनेर सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “नेपाल–चीन मित्रताको कुरा भयो । मित्रतालाई प्रगाढ बनाउने कुरा भयो । हाम्रो मित्रता कसैको विरुद्धमा होइन, हाम्रो मित्रता हाम्रो पक्षका लागि मात्र हो भन्ने कुरा भयो । मित्रतालाई अघि बढाउने र त्यसले ज्यादा लाभ नेपाललाई पुर्‍याउने भन्ने कुरा पनि भयो ।” 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro