site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओली र चिनियाँ जनकांग्रेसका अध्यक्ष झाओबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्ष झाओ लेजबीच भेटवार्ता भएको छ । चीनको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली र झाओबीच मंगलबार बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

c2-1733220115.jpg
मंगलबार नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति सीलाई भेट्नुअघि मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि नेपाल र चीनबीच नौ समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro