site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पुष्पा–२’लाई बिहान ६ देखि राति १२ बजेसम्म शो, दुई दिनअगाडि नै हाउसफुल हुन सुरु 

काठमाडौं । चलचित्र ‘पुष्पा–२ : द रुल’ यही बिहीबारबाट रिलिज हुँदै छ । वर्षकै प्रतिक्षित बनेको चलचित्र बिहीबारबाट रिलिज हुन लागेको हो । 

नेपालमा यो चलचित्रले ठूलो संख्यामा शो पाएको छ । ‘पुष्पा–२ : द रुल’लाई क्यूएफएक्सले काठमाडौंमा मात्रै ८१ शो दिएकाे छ । पहिलो दिनका कतिपय शो हाउसफुल भइसकेका छन् । बुकिङ ओपन हुनबित्तिकै टिकट बिक्री हुन थालेकाे थियाे । कतिपय शोमा फिलिङ फाष्ट देखिएको छ । 

शुक्रबार र शनिबारका शो मा पनि टिकट बिक्री उच्च देखिएको छ । 

अधिकांश मल्टिप्लेक्सले आफ्ना अधिकांश शो ‘पुष्पा–२ : द रुल’लाई उपलब्ध गराएका छन् । 

क्यूएफएक्सले बिहान ६ बजेदेखि राति ११ः५९ बजेसम्मका शो राखेको छ । ‘पुष्पा–२ : द रुल’को लेन्थ २०१ मिनेट रहेको छ । 

यो चलचित्रले ठूलो परिमाणमा बक्सअफिस कलेक्सन गर्ने अपेक्षा गरिएको छ । 

चलचित्रमा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् । चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro