site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाले भन्यो– उपनिर्वाचनमा नयाँ अनुभव गर्‍यौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार सम्पन्न उपनिर्वाचनमा आफूहरूको नयाँ अनुभव रहेको बताएको छ । सोमबार साँझ एक विज्ञप्तिमार्फत रास्वपाले स्थानीय तहको निर्वाचनमा सहभागी भएको पहिलो अवसर भएकाले नयाँ अनुभव रहेको बताएको हो ।

“काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयले महानगरमा हामी एक महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएका छौँ,” रास्वपाले भनेको छ ।

रास्वपाले लोकतन्त्रको महत्त्वपूर्ण अंकका रूपमा रहेको आवद्यिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्ने क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरेको छ । यसले नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा र निराशा देखिएको रास्वपाको निष्कर्ष छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro