site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
३२ वडाध्यक्षको नतिजा सार्वजनिक : कुन पार्टीले कति जिते ? 

काठमाडौं । स्थानीय तह उपनिर्वाचन भएका ३३ मध्ये ३२ वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले १६ वटा वडाध्यक्ष पद जितेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समान पाँच वडाध्यक्ष पद जितेका छन् । जनता समाजवादी पार्टी, नेपालले दुईवटा वडाध्यक्ष पद जितेको छ ।

नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समान एक/एक वडाध्यक्ष पद जितेका छन् । नेपाल मजदुर किसान पार्टीले पनि एक र स्वतन्त्र उमेदवारले एक वडाध्यक्ष पदमा विजय हासिल गरेका छन् ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा भने यसअघि नै माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए ।

यी हुन् दल र स्वतन्त्र उमेदवारले जितेका वडा तह–
कोसी प्रदेश 
ताप्लेजुङ : सिरिजंगा गाउँपालिका–३ – नेकपा (एमाले) 
झापा : कन्काई नगरपालिका–६ – स्वतन्त्र 
तेह्रथुम : लालीगुराँस नगरपालिका–८ – नेपाली कांग्रेस 
सुनसरी : गढी गाउँपालिका–६ – नेपाली कांग्रेस 
ओखलढुंगा : मोलुङ गाउँपालिका–५ – नेकपा (एमाले) 
उदयपुर : त्रियुगा नगरपालिका–१२ – नेकपा (माओवादी केन्द्र) 
उदयपुर : बेलका नगरपालिका–९ – परिणाम आउन बाँकी 

मधेस प्रदेश 
सप्तरी : डाक्नेश्वरी नगरपालिका–१ – जनता समाजवादी पार्टी, नेपाल  
सप्तरी : डाक्नेश्वरी नगरपालिका– ४ – जनता समाजवादी पार्टी, नेपाल
धनुषा : धनुषाधाम नगरपालिका–१ – नेकपा (माओवादी केन्द्र)
महोत्तरी : रामगोपालपुर नगरपालिका– २ – नेकपा (एमाले)
रौतहट : ईशनाथ नगरपालिका–७ – नेपाली कांग्रेस
रौतहट : गढीमाई नगरपालिका–८ – नेकपा (एकीकृत समाजवादी) 
रौतहट : राजपुर नगरपालिका–६ – नेपाली कांग्रेस

वाग्मती प्रदेश 
नुवाकोट : ककनी गाउँपालिका–२ – नेकपा (माओवादी केन्द्र) 
काठमाडौं : काठमाडौं महानगरपालिका–१६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) 
काठमाडौं : कीर्तिपुर नगरपालिका–१ – नेपाली कांग्रेस 
काठमाडौं : कीर्तिपुर नगरपालिका–४ – नेपाली कांग्रेस 
मकवानपुर : हेटौँडा उपमहानगरपालिका–१२ – नेपाली कांग्रेस

कर्णाली प्रदेश 
गोरखा : गोरखा नगरपालिका–५ – नेकपा (माओवादी केन्द्र)

लुम्बिनी प्रदेश 
गुल्मी : मुसिकोट नगरपालिका–१ – नेपाली कांग्रेस 
कपिलवस्तु : शुद्धोधन गाउँपालिका–१ – नेकपा (एमाले) 
रोल्पा : रुन्टीगढी गाउँपालिका–४ – नेपाली कांग्रेस 
बर्दिया : ठाकुरबाबा नगरपालिका– ४ – नेपाली कांग्रेस

कर्णाली प्रदेश 
डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–५ – नेकपा (माओवादी केन्द्र) 
कालीकोट : तिलागुफा नगरपालिका–४ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
जाजरकोट : कुसे गाउँपालिका–७ – नेपाली कांग्रेस 
दैलेख : दुल्लु नगरपालिका–१३ – नेकपा (एमाले) 
रुकुम पश्चिम : सानोभेरी गाउँपालिका–५ – नेपाली कांग्रेस

सुदूरपश्चिम प्रदेश 
बझाङ : सूर्मा गाउँपालिका–४ – नेपाली कांग्रेस 
डोटी : पूर्वीचौकी गाउँपालिका–६ – नेपाली कांग्रेस 
दार्चुला : दुहुँ गाउँपालिका–५ – नेपाली कांग्रेस 
कञ्चनपुर : भीमदत्त नगरपालिका– ६ – नेपाली कांग्रेस

यो पनि पढ्नोस्–

स्थानीय तह उपनिर्वाचनमा कहाँ कसले कति मत ल्याएर जिते ? (सूचीसहित)

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro