site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कीर्तिपुर मेयरमा कांग्रेसका डंगोल ५०० बढी मतान्तरले अगाडि, चौथो र पाँचौँमा स्वतन्त्र

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदको मतगणना जारी छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत यहाँ नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ ।

पछिल्लो गणनाअनुसार, कांग्रेसका उमेदवार कृष्णमान डंगोल एक हजार ८९२ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ५१४ छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जन एक हजार १८८ मतसहित तेस्रो स्थानमा छन् । स्वतन्त्र उमेदवार राजमान महर्जन (केटाकेटी चुनाव चिह्न) ७३६ मतसहित चौथो स्थानमा छन् । अर्का स्वतन्त्र उमेदवार दिनेशकुमार अधिकारी (कैँची चुनाव चिह्न) ६४२ मत ल्याएर पाँचौँ स्थानमा छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro