site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
उपन्यास ‘कर्णेल गजराजसिंह थापा’ सार्वजनिक 

काठमाडौं । डा. देवी क्षेत्री दुलालको ऐतिहासिक उपन्यास ‘कर्णेल गजराजसिंह थापा’ सार्वजनिक भएको छ । 

इलाममा बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसाल, प्रा.डा. गोविन्दराज भट्टराई, पूर्वमन्त्री सोमनाथ बास्तोला, अगम बान्तवा, युद्धप्रसाद वैद्यलगायतले उपन्यास सार्वजनिक गरे ।
 
कार्यक्रममा डा. रिसालले ‘कर्णेल गजराजसिंह थापा’जस्तो ऐतिहासिक र जीवनीपरक उपन्यास सिर्जना गरेका भन्दै नयाँ पुस्ताले अग्रज पुस्ताका महत्त्वपूर्ण योगदानबाट अभिप्रेरणा लिने बताइन् । 

कार्यक्रममा प्रमुख वक्ता प्रा.डा.गोविन्दराज भट्टराईले पुस्तकमा थापाको ऐतिहासिक योगदानलाई अभिलेखीकरण गरिएको बताए । अर्का वक्ता युद्धप्रसाद वैद्यले पनि पुस्तक र इलामको इतिहासबारे आफ्नो भनाइ राखेका थिए ।
 
उपन्यासकार डा. दुलालले यो पुस्तक आफूले निकै लामो समयको खोज र अनुसन्धान गरेर मात्रै तयार पारेको बताए । 

वि.स. १९२० मा कर्णेल गजराजसिंह थापाले नै इलाममा चिया खेतीको सुरुआत गरेको र उनले चिया खेतीको विस्तारमा समेत योगदान पुर्याएको चर्चा हुँदै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro