site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालका साह विजयी

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन्  ।

आइतबार सम्पन्न उपनिर्वाचनमा साहले ६५२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले ५८७ मत प्राप्त गरिन् ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले २६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले १६५ मत प्राप्त गरे । 

जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उमेदवार सुशील साहले दुई मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro