site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचन : दिउँसो ३ बजेसम्म एक लाख ३० हजारजनाले गरे मतदान

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । आइतबार दिउँसो ३ बजेसम्म समग्रमा ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

यो उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् । हालसम्म करिब एक लाख ३० हजार मतदाताले मत खसालेको अर्यालले बताइन् ।

स्थानीय तहमा रिक्त ४१ पदका निम्ति आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ । बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

मतदान सकिएलगत्तै एउटा मतदान केन्द्र रहेको वडाहरूको मतगणना सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro