site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ओपनएआईलाई नाफामूलक हुन नदिन मस्क गए अदालत

काठमाडौं । अर्बपति उद्यमी एलन मस्कका वकिल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अनुसन्धान संस्था ओपनएआईविरुद्ध शुक्रबार साँझ अदालत पुगेका छन् । ओपनएआई गैरनाफामूलक संस्थाबाट नाफामूलक हुन नसक्ने माग गर्दै कम्पनीको यो परिवर्तन रोक्न मस्कका वकिलले आदेश माग गरेका हुन् ।

क्यालिफोर्नियाको जिल्ला अदालतमा दायर निवेदनमा ओपनएआई, यसका सीईओ साम अल्टम्यान, अध्यक्ष ग्रेग ब्रोकम्यान, माइक्रोसफ्ट, लिंक्डइनका सहसंस्थापक र ओपनएआई बोर्डका पूर्वसदस्य रीड होफम्यानमाथि आरोप लगाइएको छ ।

उनीहरूले ओपनएआईमार्फत विभिन्न अवैध गतिविधि गरिरहेको भन्दै त्यसलाई रोक्न निवेदनमा माग गरिएको छ ।

अरू एआई कम्पनीमाथिको लगानी निरुत्साहित गरेको, गलत तरिकाले प्राप्त जानकारीबाट फाइदा लिइरहेको र यसलाई गैरनाफामूलकबाट नाफामूलकमा परिवर्तन गर्नुजस्ता गतिविधि अवैध भएको भन्दै वकिलहरू यसलाई रोक्न अदालत पुगेका हुन् ।

अदालतले ओपनएआईलाई नाफामूलक हुनबाट नरोकेमा ठूलो क्षति हुने मस्कका वकिलको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro