site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीआरआईअन्तर्गत अनुदान उपयुक्त : उपप्रधानमन्त्री सिंह

कास्की । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गरेका छन् ।

शनिबार पोखरामा पत्रकारसँगको भेटमा उपप्रधानमन्त्री सिंहले बीआरआई परियोजनाअन्तर्गत सडक, सुरुङलगायत भौतिक पूर्वाधारका क्षेत्र छनोट गरिनुपर्नेमा जोड दिए । “वर्तमान आर्थिक अवस्थाका कारण ऋणका लागि ऋण लिनु उपयुक्त नहुने देखिन्छ । परियोजना सम्पन्न हुन समय लाग्ने र पछि सरकारलाई ऋण तिर्न गाह्रो हुने भएकाले अनुदान लिनु उपयुक्त हुन्छ,” उनले भने ।

मुलुकमा स्थायित्व कायम गर्न, आर्थिक समृद्धि हासिल र जनताका भावनाअनुरूप काम गर्न संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार गठन भएको उनले बताए । सहमति र सहकार्यका आधारमा सरकार अघि बढिरहेको उनले उल्लेख गरे ।

सरकारले सहकारीसहित अरू अनियमितताको कानुनानुसार अनुसन्धान अघि बढाएको उपप्रधानमन्त्री सिंहले बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार प्रयासरत रहेको सुनाए । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro