site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चीन भ्रमणमा प्रधानमन्त्री ओलीसँग ८७ जना जाने, निजी क्षेत्रको सहभागिता धेरै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार साँझ बसेको बैठकले मंसिर १७ देखि २० गतेसम्म हुने भ्रमणलाई स्वीकृति दिएको पर्यटमन्त्री बद्री पाण्डेले जानकारी दिए ।

उनका अनुसार, भ्रमण दलमा ८७ जना रहने छन् । मन्त्रीहरूबाट परराष्ट्रमन्त्री आरजु राणामात्र रहने छिन् ।

भ्रमणमा निजी क्षेत्रको ठूलो सहभागिता रहने उनले बताए । "कम गर्ने ठाउँ देखिएन, न्यूनतम संख्या नै त्यही हो जस्तो लाग्छ," उनले भने ।

भ्रमणबा एजेन्डा अझै टुंगो लागिनसकेको उनको भनाइ छ । "एजेन्डाका बारेमा छलफल जारी नै छ । विभिन्न संयन्त्रहरूमा छलफल भइरहेकै छ । एजेन्डा के हुन्छ भनेर फेरि एकपटक मन्त्रिपरिषद्को बैठकबाट टुंगो लाग्छ होला," उनले भने ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  २१:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro