site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कीर्तिपुरका एमाले उमेदवार मानन्धर भन्छन्– अपनत्वको महसुस गराउँछौँ, विकासमा विभेद हुँदैन

काठमाडौं । नेकपा (एमाले)बाट कीर्तिपुर नगरपालिकाको मेयर उमेदवार सुरेन्द्र मानन्धरले कीर्तिपुरलाई अपनत्वको महसुस गराउने बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावीसभामा उनले विकासलाई समानुपातिक ढंगले वितरण गर्ने बताए ।

“अपनत्वको महसुस हुन सक्ने गरी अघि बढाउने छौँ । कुनै किसिमको विभेद हुने छैन,” उनले भने, “विकासलाई समानुपातिक वितरणमा लानेछौँ । हरेक कुरा समानुपातिक ढंगबाट जाने छ ।”

उनले यसअघि मेयर बनेका राजकुमार नकर्मीको निधनपछि समन्वयकारी अभिभावकाको अभावमा जनप्रतिनिधिले काम गर्न नसकेको बताए ।

“काम गर्ने योजना हुँदाहुँदै केही पर्फमेन्स गर्न सक्नुभएको छैन । वडाध्यक्ष साथीहरूले, निर्वाचित जनप्रतिनिधिले समन्वयकारी नेतृत्वको खाँचो छ, त्यो सुरेन्द्र मानन्धर हो भनेर उहाँहरूले भन्नुभएको छ,” उनले भने ।

उनले आफूलाई जिताए हरेक कुरामा सल्लाह गरेर अघि बढ्ने बताए । शिक्षा, स्वाथ्य, रोजगारीलगायत हरेक क्षेत्रमा केन्द्रको विकासमा जोड्ने उनको भनाइ छ । नगर, प्रदेश र केन्द्रको बजेटलाई जनतासँग समन्वय गरेरमात्रै अघि बढाउने प्रतिबद्धता उनको छ ।

मानन्धरले वडा नम्बर १ र ४ मा पनि पार्टीका उमेदवारलाई निर्वाचित गर्न आग्रह गरे । मंसिर १६ गते हुने उपनिर्वाचनको प्रचार गर्न पाइने अन्तिम दिन एमालेले कार्यक्रम गरेको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro