site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तह उपनिर्वाचन : आजदेखि निषेधित अवधि सुरु हुँदै

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको  निषेधित (मौन) अवधि आजबाट सुरु हुँदै छ । 

राति १२ बजेदेखि निषेधित अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । निषेधित अवधिमा कुनै पनि उमेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न पाउँदैन । 

आगामी आइतबार मतदान हुँदै छ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । 

निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro