site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताएका छन् । 

छैटौँ एसियाली जनसंख्या सम्मेलनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरू जारी रहेको बताए । प्रधानमन्त्री ओलीले काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका मातासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्घाटन गरेका थिए । 

उनले समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेटिनुनुपर्ने, आत्मसम्मानसहितको मानवअधिकार, स्वास्थ्य र आशासहितको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए । पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, अशल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे ।

उनले जलवायु परिवर्तनका मद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्त्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्यावश्यक भएको बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro