site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाँचदिने कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किए सभामुख घिमिरे

काठमाडौं । पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट मंगलबार साँझ काठमाडौं आइपुगेका हुन् ।

सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरे ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को ११औँ पूर्ण सत्रमा सहभागी हुन गएका सभामुख घिमिरेले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गरेका थिए ।

सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको बताए । नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्धन गर्न सफल भएको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro