site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कीर्तिपुरमा एकीकृत समाजवादीका उमेदवारले शिवशरण महर्जनलाई सघाउने 
नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जन ।

काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)बाट उमेदवारी दिएका भानु रिजालले आफ्नो उमेदवारी निष्क्रिय पारेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै उमेदवारी निष्क्रिय भएको जानकारी गराएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जनलाई सघाउने पनि जनाएका छन् ।

कीर्तिपुरको मेयरमा एकीकृत समाजवादीले निर्वाचनअघि नै माओवादीलाई सघाउने निर्णय गरेको थियो । रिजालको उमेदवारीपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले उमेदवारी फिर्ता लिन निर्देशन दिएका थिए । तर, उनले उमेदवारी फिर्ता लिएका थिएनन् ।

Ekitki-1732623682.jpg
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro