site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कीर्तिपुरमा उपनिर्वाचन : प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्रता

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मयेर पदका निम्ति हुन लागेको उपनिर्वाचनमा सहभागी प्रमुख राजनीतिक दलका साथै स्वतन्त्र उमेदवारहरूले प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मेयर पदका उमेदवारहरूले मतदाताका घरघरमा पुगेर आफ्ना एजेन्डका बारेमा जानकारी गराउँदै मत मागिरहेका छन् ।  

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, राप्रपा, नेमकिपालगायत दलका साथै स्वतन्त्र उमेदवारहरूमध्ये केही घरघरमा पुगेका छन् । केहीले चोकचोकमा सभा गरिरहेका छन् । केही उमेदवारले साइकल र्‍याली गर्दै प्रचारप्रसार गरिरहेका छन् ।

कीर्तिपुर नगरको मेयरका निम्ति एमालेका तर्फबाट सुरेन्द्र मानन्धर, कांग्रेसका कृष्णमान डंगोल, माओवादी केन्द्रका तर्फबाट प्रा. डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जनलगायत केही व्यक्तिले स्वतन्त्र उमेदवारी दिएका छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro