site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ममाथि लगाइएको आरोप चर्चा गर्न लायक पनि छैन : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा क–कसको लगानी छ भन्ने सहजै थाहा पाउन सकिने बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले भ्रम फैलाएर जनतामा घृणा फैलाउने दुश्चेष्टा भएको बताए ।

“कम्बोडिया भन्ने देश त्यहीँ छ, चारघण्टाभित्र फ्लाइटमा पुगिन्छ । त्यहाँको लगानीमा क–कसको लगानी भन्ने थाहा पाउन नसकिने अनौठो कुरा हो र ? थाहा पाउन सकिने कुरा हो । यस्ता कुरालई भ्रमपूर्ण फैलाएर जनतामा घृणा फैलाउने दुश्चेष्टा भइरहेका छन्,” ओलीले भने ।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्दै भ्रम फैलाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परिसकेका छन् । 

ओलीले आफूमाथि लगाएको आरोप चर्चा गर्न लायक नभएको पनि बताए । उनले कसले कति कमाएको छ भन्ने जनताले देखेको बताए ।

आफू बदमासी गरेर अरूको टाउकोमा खन्याएको आरोप उनको छ । उनले केही मान्छे आफैैँ रुमल्लिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro