site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंका समर्थकले कोटेश्वरमा गरे प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौंमा प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रवादी नागरिक आन्दोलनको ब्यानरमा प्रसाईंका समर्थकले शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले 'सबै प्रकारका वित्तीय समस्या समाधान गर्नुपर्ने, सबै प्रकारका भ्रष्टाचार मुद्दाहरू छानबिन गर्नुपर्ने' माग राखेका थिए ।

त्यस्तै, 'शासकीय अधिनायकवाद अन्त्य गर्नुपर्ने, स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने' समेत उनीहरूको माग छ ।

प्रसाईं स्वयं भने प्रहरी हिरासतमा छन् । प्रहरीले प्रसाईंलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ ।

शुक्रबार नै प्रसाईंले सर्वोच्चमा बन्दी  प्रत्यक्षीकरणको रिटसमेत दर्ता गराएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro