site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ : शंकर पोखरेल
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल बनाउने उद्देश्यले भ्रमको शृंखला अघि बढाइएको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले ओलीकै नेतृत्वमा मुलुकको समस्या समाधान गर्ने बताए । 

“देश बनाउने पार्टी एमाले हो । नेपालको विकास ओली नेतृत्वको सरकारले नै गर्छ,” उनले भने ।  उनले एमालेलाई समाप्त पार्न प्रपञ्च भइरहेको पनि बताए । उनले देश श्रीलंका र बंगलादेशजस्तो बन्ने अवस्थामा नभएको दाबी गरे ।

“सुनिन्छ, नेपाललाई श्रीलंका बनाइदिने, बंगलादेश बनाइदिने भन्न थालिएको छ । नेपालको परिस्थिति न श्रीलंकाको हो न बंगलादेशको,” उनले भने । 

उनले देश बनाउन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व चाहिने बताए । राजनीतिक अस्थिरताका कारण मुलुक नबनेको भनाइ उनको छ ।  “अहिलेसम्म राजनीतिक स्थायित्वको आधार बनाउन सकेका छैनौँ । एमालेले संकल्प गरेको छ, अब मुलुकलाई निर्णायक राष्टिय शक्तिको खाँचो छ,” उनले भने । 

पोखरेले एमालेसँग मात्रै दूरदर्शी नेतृत्व रहेको जिकिर गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro