site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आन्दोलनको मोडालिटीबारे छलफल गर्न बसेको रास्वपा बैठकमा के भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको मोडालिटी छलफल गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले अबको आन्दोलनको प्रकृतिबारे छलफल गरेको कार्यवाहक सहमहामन्त्रीले कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा आन्दोलन मूल समितिको तर्फबाट राखिएको प्रस्तावमा केन्द्रीय सदस्यले धारणा राखेका थिए । रास्वपाले आन्दोलनका क्रममा नागरिक समाजसहित राष्ट्रियतासँग सरोकार राख्ने व्यक्तिहरूसँग संवाद पनि गर्ने भएको छ ।

यस्तै, रास्वपाले आन्दोलनको क्रममा दलको झन्डा, चुनाव चिह्न नबोकेर उपस्थित हुन पनि सर्कुलर जारी पनि गरेको छ ।

बुर्लाकोटीका अनुसार, बुधबार सहकारी पीडित महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाउनेबारे पनि छलफल भएको छ ।

केन्द्रीय समितिको बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने तय भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro