site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसका नेताहरूले हिँडिरहेको बाटोमा पुनर्विचार गर्नुपर्छ : नेता सिटौला

काठमाडौं । राष्ट्रियसभा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वसभामुख दमननाथ ढुंगानाको जीवन चरित्र आजका राजनीतिक खेलाडीहरूले अनुकरण गर्नुपर्ने बताएका छन् ।

सोमबार सानो गौचरणमा ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका सिटौलाले ढुंगाना सादगी नेता रहेको बताए । उनले कांग्रेस पार्टी र नेताहरूले आफूले हिँडिरहेको बाटोमा पुनर्विचार गर्नुपर्ने पनि बताए ।

"उहाँले नेपाली कांग्रेसले अँगालेको विचार, सिद्धान्त, नीतिका कार्यक्रममा कहीँ कतै कांग्रेस पार्टीले बाटो त बिराएको छैन भन्ने कुरा उठाउनुभएको थियो । उहाँको त्यो भनाइबाट मैले नेपाली कांग्रेस पार्टी र नेताहरूले आफूले हिँडिरहेको बाटोमा पुनर्विचार गर्नुपर्छ भन्ने मैले बुझेको थिएँ," उनले भने ।

नेता सिटौलाले नेपाली कांग्रेस राजनीतिमा हठ गर्नेहरूलाई ढुंगानाले कहिल्यै प्रश्रय नदिएको बताए । ढुंगाना गतिशील विचार बोकेर हिँड्ने व्यक्ति भएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  २१:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro