site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
फेक आईडीबाट लाखौँ ठगी गर्नेको आश्वासन– ‘तिमीलाई मन पराउँछु, बिहे गरेर सिंगापुर लैजान्छु'

काठमाडौं । फेसबुकमा फेक अकाउन्ट बनाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुको आँबुखैरेनी गाउँपालिका–५ का रुद्रबहादुर गुरुङ छन् । पछिल्लो समय उनी काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ मा रहेको हाइभिजन कोलोनीमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार, उनले सुरुमा फेसबुकमा फेक आईडी बनाउँथे । त्यसपछि महिला साथी बनाउँथे  । उनीहरूसँग कुराकानी गर्थे र आफूलाई फ्रान्स र सिंगापुरको लाहुरे बताउँथे ।

सम्बन्ध नजिकिँदै जाँदा उनले भन्थे– ‘तिमीलाई म मन पराउँछु, बिहे गरेर सिंगापुर लैजान्छु । सिंगापुर लैजान कागजात बनाउनुपर्छ, त्यसका लागि पैसा लाग्छ ।’

त्यसपछि उनी आफ्नो हुलिया र परिचय बदलेर काठमाडौं र चितवनमा विभिन्न स्थानमा भेट्न बोलाउँथे । उनीहरूबाट पैसा लग्थे ।

प्रहरीका अनुसार, उनले विभिन्न व्यक्तिबाट चेक तथा नगद गरी १६ लाख ८३ हजार ६०० रुपैयाँ लगेका थिए । त्यस्तै, विभिन्न व्यक्तिहरूको नाममा रहेका २६ वटा ईसेवा वालेटबाट पटकपटक गरी १० लाख ९९ हजार ६०० लगेका थिए । उनले कुल २७ लाख ८३ हजार २०० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

ठगीसम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाहीका लागि गर्न उनलाई प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro