site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टिकटकको मुख्य कम्पनी बाइटडान्सको मूल्य ३०० अर्ब अमेरिकी डलर पुग्यो 

काठमाडौं । टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो मूल्य ३०० अर्ब अमेरिकी डलर पुगेको मूल्यांकन गरेको छ । हालै नयाँ लगानीकर्ता थपिएपछि कम्पनीको मूल्य बढेको बताइएको छ । 

नयाँ लगानीकर्ता यसअघिको मूल्य १६० डलर प्रतिसेयरबाट बढेर १८०.७० डलर प्रतिसेयरमा लगानी गर्न लागेको रोयटर्सले उल्लेख गरेको छ ।

बाइटडान्सले हालसम्म आईपीओ जारी गरेको छैन । कम्पनीले यस्तै सेयर खरिद कार्यक्रमबाटै तरलता बढाउने गर्छ ।

यसअघि सन् २०२३ को डिसेम्बरमा ५ अर्ब डलर बराबरको लगानीपछि कम्पनीको मूल्य २६८ अर्ब पुगेको थियो ।

गत वर्षका बाइटडान्सको विश्वव्यापी आम्दानी ३० प्रतिशतले बढेर ११० अर्ब अमेरिकी डलर पुगेको थियो । कम्पनीले अमेरिकी कडाइको सामना भने गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro