site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कम्युनिस्टबीचको एकता र सहकार्यमा माधव नेपालको जोड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिस्टबीचको एकता र सहकार्यमा जोड दिएका छन् ।

अक्टोबर क्रान्ति डेका अवसरमा एकीकृत समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालमा कम्युनिस्टबीचको एकता र सहकार्यले मात्र नयाँ समाज निर्माण गर्न र मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताए । नेपाललाई कम्युनिस्टको उर्वरभूमिका रूपमा लिनुपर्ने उनले उल्लेख गरे ।

अध्यक्ष नेपालले विश्वभरका कम्युनिस्ट पार्टीसँग सम्बन्ध राख्दै आफूहरू अघि बढिरहेको जानकारी दिए ।

नेपालमा कम्युनिस्ट आन्दोलनको लामो इतिहास रहेको भन्दै उनले यसलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्ने बताए । हिमालयन टेली भ्वाइस
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro