site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ३२ मुख्य निर्वाचन अधिकृत र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा कुल ३६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । मंसिर २ देखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने उनले बताइन् ।

उपनिर्वाचनका लागि मंसिर २ गते उमेदवारको मनोनयन दर्ता गर्ने, मंसिर ५ गते अन्तिम नामावली प्रकाशन गर्ने र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro