site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले टुंग्यायो उमेदवार : ओखलढुंगा जिससमा टेकराज, ग्रामथानको अध्यक्षमा सरदार

काठमाडौं । नेपाली कांग्रेसले आगामी उपनिर्वाचन लागि एक जिल्ला समन्वय समिति (जिसस) प्रमुखसहित १० उमेदवार टुंग्याएको छ । कांग्रेसले एक जिसस प्रमुख, एक गाउँपालिका अध्यक्ष र आठ वडाध्यक्षका उमेदवार टुंग्याएको हो ।

कांग्रेसले ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराई र मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा बलराम सरदारलाई उमेदवार बनाउने निर्णय गरेको छ । 

वडाध्यक्ष उमेदवारमा ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ मा भीमकुमार लक्सम्वा, झापाको कन्काई नगरपालिका–६ मा रामगोपाल वली, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा नगेन्द्र लिम्बु, सुनसरीको गढी गाउँपालिका–६ मा तेतर साह, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा घनश्याम दाहाल, उदयपुरको त्रियुगा नगरपालिका–१२ मा सञ्जीव काफ्ले र उदयपुरको बेलका नगरपालिका–९ मा नवराज बस्नेत छन् ।

टुंग्याइएका उमेदवारका विषयमा सर्वसम्मत निर्णय भएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro