site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीको प्रस्ताव : विधेयक समयसीमामा बाँधौ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसदीय समितिमा लामो समयदेखि विधेयक अड्किने गरेको गुनासो गरेका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा गृहमन्त्री लेखकले विधेयकलाई समयसीमामा बाध्नुपर्ने प्रस्ताव राखे ।

“विधेयक समयको सीमाभित्र बाँधौ । समितिमा गएको विधेयक सीमाभित्र संशोधन भएर आएन भने जुन रूपमा समितिमा प्रवेश गरेको छ त्यही रूपमा अघि बढाऔँ,” लेखकको प्रस्ताव छ, “संशोधन भएर आएन भने मूल विधेयक अघि बढ्छ । यसो नगरे जवाफ दिन गाह्रो छ ।”

उनले समयमा नबाँधे पाँच वर्षको प्रतिनिधिसभाको कार्यकालमा बनाउने कानुन एकदमै कम हुनसक्ने बताए । विधेयक अघि बढाउन सरकार र समितिबाट ढिला भएको भन्दै संसद्ले यसमा ध्यान पु¥याउनुपर्ने बताए ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro