site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालमा अस्थिरता छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अस्थिरता नरहेको दाबी गरेका छन् । बिहीबार कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको छैटौँ सत्रमा बिहीबार ओलीले सरकार फेरबदल हुने विषय विश्वमा नै सामान्य नभएको बताए ।

भारतको उदाहरण दिँदै ओलीले भने, “यहाँ तीनजना प्रधानमन्त्री भएका बेला भारतमा एकैजना प्रधानमन्त्री भइराख्नुभएको छ । एकैजना प्रधानमन्त्री भइराख्नुभएको विषयमा त टाउको दुखाइ छैन । यहाँ त गतिशील रहेछ नि । डेमोक्रेसी त गतिशील रहेछ ।”

उनले लोकतन्त्रलाई तलमाथि हुन नदिने पनि बताए । “हामी डेमोक्रेसी तलमाथि हुन दिँदैनौँ । नेपाली जनताले संघर्ष गरेर  नागरिक सर्वोच्चताको प्रणाली स्थापना गरेका हुन्,” उनले भने ।

प्रधानमन्त्री ओलीले विगतको तुलनामा अहिले विकास भएको पनि जिकिर गरे । ०७२ सालमा संविधान जारी भइसकेपछि नेपालले द्रुत गतिमा विकास गरिरहेको उनको दाबी छ ।

उनले नेपाल समावेशीताको सवालमा विश्वमै उत्कृष्ट रहेको बताए । तर, पूर्वाधार विकासको सवालमा पछाडि रहेको उनको स्वीकारोक्ति छ ।

त्यसक्रममा ओलीले विभिन्न विषयमा बोलेका थिए । उनले नेपालको अर्थतन्त्र, विकास, चीन भ्रमण, डेडिकेटेड र ट्रंकलाइनसहित विभिन्न विषयमा बोलेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro