site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतीय मिडियासँग प्रचण्डले भने– ओली चिनियाँ कार्ड खेल्न खोज्दै छन्
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका नाममा चिनियाँ कार्ड खेल्न खोजेको आरोप लगाएका छन् । भारतीय पत्रिका ‘द हिन्दु’सँगको अन्तर्वार्तामा प्रचण्डले ओली सरकारको नीतिले गर्दा नेपाल–भारत सम्बन्ध तनावग्रस्त बनेको जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणबार‍े पत्रिकाले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भनेका छन्, "यो वर्तमान सरकारको अपरिपक्वता हो । सरकारले दुवै छिमेकीसँगको सम्बन्धमा परिपक्वता देखाउनुपर्ने थियो । केपीजी चीन भ्रमणमा जाँदै हुनुहुन्छ, तर यो भ्रमणभन्दा बढी चीन कार्ड देखिन्छ । यो गलत हो । हाम्रो इतिहास, संस्कृति र भौगोलिक अवस्था सम्बन्ध सन्तुलित राख्नुपर्ने हो । र, उहाँले चिन भ्रमणमा जानु अगाडि भारतसँगको विशिष्ट सम्बन्धलाई पनि स्वीकार्नुपर्थ्यो ।"

उनले आफू थप ६ महिना सरकारमा रहेको भए भारतसँग पञ्चेश्वर बाँध परियोजनाको टुंगो लाग्ने दाबी पनि गरेका छन् ।

प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहे पनि आफू नै प्रधानमन्त्री बन्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । उनले भनेका छन्, "अहिले म प्रधानमन्त्रीको रेसमा हुन चाहन्नँ, म जनतासँग राम्रो सम्बन्ध बनाउनमा केन्द्रित छु, पदका पछाडि होइन । तर, मेरो चिन्ता के हो भने यदि पद नै मेरो पछाडि आयो भने,  हाम्रो पार्टीले यस्तो अवसर आयो भने के गर्ने भनेर निर्णय गर्छ ।"

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro