site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महिला हिंसाका घटना बढ्नु चिन्ताजनक : स्वास्थ्यमन्त्री पौडेल 
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रविधिको विकाससँगै घरेलु र महिला हिंसाका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । संसद् नै समावेशी भएको मुलुकमा महिला हिंसाका घटना यो तहमा देखिनु चिन्ताजनक भएको उनको भनाइ छ ।

बिहीबार काठमाडौंमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को प्रथम राष्ट्रिय सम्मेलनमा उनले निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता नलाग्नु, दाइजोप्रथा, लैंगिक विभेदजस्ता कारणले जलनका घटनाको अवस्था विकराल हुनु यसका उदाहरण भएको बताए ।

महिला अधिकारका सम्बन्धमा समावेशी कानुन भए पनि कार्यान्वयनको पाटो फितालो भएको उनको तर्क छ । 

“सबै पक्षमा समावेशी व्यवस्था सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको छ । तर, यसको बाबजुद पनि महसुस किन गर्न सकेका छैनौँ ?,” मन्त्री पौडेलले प्रश्न गरे । 

बिहीबार सुरु भएको सम्मेलन शुक्रबारसम्म चल्ने छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro