site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाली राजनीतिको पहिलो समस्या चरम भ्रष्टाचार : माधव नेपाल 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राम्रो सरकार भए हिम्मतका साथ अघि बढ्ने बताएका छन् । काठमाडौंमा बिहीबार नेवा राष्ट्रिय संघको कार्यक्रममा बोल्दै नेपालले हावा कुरा गर्नेको पछि लाग्न नहुने बताए । 

“राम्रो अनि बलियो सरकार । बलियो सरकार मात्रै भन्नुभयो भने कुकर्मी सरकार आइदिन्छ । राम्रो सरकार जति दिन बस्छ हिम्मतका साथ अघि बढ्छ,” नेपालले भने । 

उनले नेपाली राजनीतिको पहिलो समस्या चरम भ्रष्टाचार रहेको बताए । त्यसपछि व्यक्तिवाद, गैरजिम्मेवार प्रवृत्ति, दूरगामी दृष्टिकोणको अभाव, कामको मूल्यांकन नगर्नेलगायत रहेको नेपालको भनाइ छ । त्यस्तै, नेपालले पार्टीमा उत्साहित भएर अघि बढ्न आग्रह गरे । उनले आफू प्रधानमन्त्री हुँदा गरेको कामको प्रचार गर्न पनि निर्देशन दिए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro