site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डलाई सबक सिकाउन कांग्रेस–एमाले मिलेका हौँ : शंकर पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनमत गुमाएको नेकपा (माओवादीकेन्द्र)लाई सबक सिकाउन कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताएका छन् । महासचिव पोखरेलले ३२ सिट भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूरै अवधि मुलुकको शासन गर्ने हुँकार गरेपछि दुई ठूला दल मिलेको बताए ।

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले कांग्रेस–एमालेबीच आगामी निर्वाचनमा पनि सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी एकल चुनावी प्रतिष्पर्धा गरेर अघि बढ्ने सहमति भएको खुलाए ।

"तपाईंहरूले पनि सुन्नुभएको होला एक समय, २७५ सिट भएको संसद्‌ ३२ नम्बर त म्याजिक नम्बर । यही ३२ नम्बरले पाँच वर्ष नै शासन गर्छ भन्ने हुँकार पनि सुन्नुभयो । हो, त्यो हुँकारलाई हामीले दुईवटा राजनीतिक दल मिलेर अब त्यो सम्भव छैन भन्ने कुराको सन्देश दिने प्रयत्न गरेका छौँ," उनले भने ।

जनमत गुमाउँदै गएको माओवादीले संसद्‌मा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि आफूहरूले सत्ता सहकार्य गरेर जवाफ दिएको उनको भनाइ छ ।

महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन सरकारले संविधानमा परिमार्जन गर्न चाहेको पनि दोहोर्‍याए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro