site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपामा उमेदवारलाई टिकट बाँड्ने अधिकार बुर्लाकोटीलाई 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनका उमेदवारको टिकट बाँड्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिइएको छ । 

मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उमेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी बुर्लाकोटीलाई दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । असोज १३ गतेको बैठकले टिकट दिने अधिकार सभापति रवि लामिछानेलाई दिएको थियो ।

सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि टिकट बाँड्ने अधिकार बुर्लाकोटीलाई दिइएको हो । मंसिर १६ गते स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदै छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro