site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा सभापति रविसँग आज पनि बयान लिइँदै

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । 

मंगलबार रुपन्देही लगिएका रविसँग हिजोबाटै बयान लिन थालिएको थियो । उनीसँग आज कार्यालयसमय सुरु हुनबित्तिकै बयान सुरु गरिने भएको छ ।  

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा रविलाई मंगलबार बुटवल लगिएको थियो । पोखरा प्रहरीको हिरासतमा रहेका उनलाई बुटवल पुर्याइएको थियो । बयान सकिएपछि उनलाई पोखरा नै फिर्ता पठाइने रुपन्देही प्रहरीले जनाएको छ । 

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी तरिकाले लगेको पाइएको छ ।

उक्त सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा रहेको बैंक खातामा गएको देखिएको छ । सोही विषयमा लामिछानेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रवि लामिछानेलाई कारबाही सिफारिस गरेको थियो ।

कात्तिक २ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले तीनवटा अभियोगमा अनुसन्धान गरिरहेको छ । सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro