site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछाने हताश हुनुभएको छैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने प्रहरी हिरासत बसाइमा हताश नभएको जनाएको छ । रास्वपा केन्द्रीय समितिद्वारा मंगलबार जारी सन्देशमा लामिछानेले आफ्नो मनोबल उच्च राखेको उल्लेख छ ।

“...भेट्न जाने सबैजनालाई विश्वासका साथ रवि लामिछानेमाथि अन्याय भयो भन्ने सन्देश प्रवाह गरिरहनुभएका र अवसरहरू गुम्ला भन्ने डर नराखी बोलिराख्नुभएका दलभित्र र दलबाहिर एवं देशभित्र र देशबाहिर रहनुभएका समस्त आदरणीय शुभेच्छुक, आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई मनैदेखि आभारी रहेको कुरा पनि सुनाइदिन भन्नुभएको छ,” सन्देशमा भनिएको छ ।

लामिछानेलाई अन्यायको चक्रव्यूहमा फसाइएको रास्वपाको ठहर छ । “हिरासतबाहिर राखेर गर्न सकिने अनुसन्धानलाई मानमर्दन, धम्की र अपमानको घिनलाग्दो औजार बनाइएको छ,” सन्देशमा उल्लेख छ ।

सत्ता सञ्चालकले नागरिकमा जागेको आशा र वैकल्पिक राजनीतिक शक्तिप्रति बढेको विश्वास निमोठ्न चाहेको रास्वपाको बुझाइ छ ।

सन्देश पढ्नोस्–

b1-1731398477.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro