site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्तो योग्यता भए मात्रै पाइन्छ उपनिर्वाचनमा उमेदवार बन्न 

काठमाडौं । निर्वाचन आयोगले नगरपालिकाको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था सम्झाएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचन हुने नगरपालिका वा गाउँपालिकाका बहाल रहेको पदमा पुरुष भए रिक्त रहेको पदमा महिला उमेदवार बनाउनुपर्ने जनाएका छन् । 

“संवत् २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उमेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहको रिक्त रहेको पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ बमोजिम उमेदवारको मनोनयन पेस गर्दा महिला उमेदवार रहने गरी मनोनयन पत्र पेस गर्ने,” विज्ञप्तिमा भनिएको छ । 

आयोगले २१ वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति मात्रै उमेदवार बन्न सक्ने जनाएको छ । 

त्यस्तै उमेदवार बन्न कुनै कानुनले अयोग्य नभएको हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । मंसिर १६ गते स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro