site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसी समुदायले अझै अधिकार पाएन, हाम्रो संघर्ष जारी छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यबाट पाउने अधिकार सुनिश्चित नभएसम्म आफूहरूको संघर्ष जारी रहने बताएका छन् । जसपा नेपाल रौतहट जिल्ला कमिटीले आज रौतहटको गढिमाइ नगरपालिका–८ वीरनगरामा आयोजना गरेको जनसभामा उनले मधेसी समुदायका लागि आफूहरूले संघर्ष जारी राखेको बताए ।

उनले जनसंख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक सहभागिता, समान प्रतिनिधित्व, अवसर, शासन र प्रशासन, नीति, कानुन बनाउने अधिकारका लागि संघर्ष जारी राखेको जिकिर गरे ।

अध्यक्ष यादवले मधेसका जनतामाथि राज्यबाट सदियौँदेखि हुँदै आएको विभेद, असमानता र उपेक्षा अझै कायम रहेको दाबी गरे । देशको आधाभन्दा बढी जनसंख्या मधेस प्रदेशमा भए पनि सरकारले जनसंख्याको आधारमा विकास बजेट नदिँदा विकासमा मधेस पछाडि परेको उनको आरोप छ ।

उनले मधेसमा लगभग ५४ प्रतिशत जनसंख्या भए पनि शासकले १२ प्रतिशतमात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेसमा सोचेजस्तो विकास हुन नसकेको जिकिर गरे । उनले मधेसको विकासका लागि राज्यले यथोचित लगानी बढाउनुपर्नेमा जोड दिए । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro