site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गायक हेमन्त शर्मा सिड्नीमा सम्मानित

सिड्नी । गायक हेमन्त शर्मा अस्ट्रेलियाको सिड्नीमा सम्मानित भएका छन् । शर्मालाई सिड्नीको ग्रानभिलमा रहेको फ्लेभर्स अफ नेपालमा आयोजित एक कार्यक्रममा एनआरएन अस्ट्रेलिया र फ्लेभर्सले संयुक्तरूपमा सम्मान गरेका हुन् ।

कार्यक्रममा गायक शर्माले आफ्ना केही गीतहरू पनि प्रस्तुत गरेका थिए । पछिल्लो समय उनको 'आउन त दसैँ पहिले नि आथ्यो' बोलको गीत चर्चित छ ।

आयोजक संस्थाका प्रमुख राजेश केसीले शर्मालाई प्रवासमा सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

सांगीतिक कार्यक्रमका लागि झन्डै तीन हप्तादेखि शर्मा अस्ट्रेलियामा छन् । उनले सिड्नी, क्यानभेरा, मेलबर्न र एडिलेटलगायत सहरमा प्रस्तुति दिइसकेका छन् । आगामी शनिबार उनले तासमनिया होबार्टमा प्रस्तुति दिने तय भएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro