site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चीनले गर्‍यो ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण

जिउक्वान । चीनले शनिबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

पाइसेट–२ का चार उपग्रह लङ मार्च–२ सी क्यारियर रकेटद्वारा बिहान ११ः३९ बजे प्रक्षेपण गरी आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेका थिए । तिनीहरूले मुख्य रूपमा व्यावसायिक रिमोट सेन्सिङ डेटा सेवा प्रदान गर्नेछन् ।

यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृंखलाको ५४४औँ उडान अभियान थियो ।

सन् २०२३ मार्चमा चीनले पाइसेट–१ सहित चार भूउपग्रहको पहिलो प्रक्षेपण गरेको थियो । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro