site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने भएको छ । 

आधिकारिक पोस्टर सार्वजनिक गर्दै यसको वर्ल्ड प्रिमियरबारे निर्माणपक्षले जानकारी दिएको हो । प्रिमियर मंसिर २३ मा हुनेछ । प्रिमियरमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनेछन् ।

हङकङ प्रिमियरपछि नेपाल रिलिज अगावै यो चलचित्रको यूके, अमेरिका, अस्ट्रेलिया र जापानमा प्रदर्शन हुनेछ । नेपालमा यो चलचित्रको फागुन २९ गते रिलिज हुनेछ । 

चलचित्रमा एञ्जिलासँगै सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ०८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro